२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले एक हजार दरको नक्कली नोट ५५०००÷ (पचपन्न हजार) सहित पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा उमहानगरपालिका वडा नम्बर १४ का ३७ वर्षीय सुनील ढुंगाना सोही स्थानका १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल रहेका छन् ।
प्रहरी प्रवक्ता भण्डारीका अनुसार प्रहरीले बुधबार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । उनीहरुसँगको सोधपुछ र अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा थप व्यक्तिहरु संलग्न रहेको पाइएपछि बिहीबार दुईजनालाई पक्राउ गरिएको उलने जानकारी दिए ।
प्रहरीले सीतारमा, सुनील र रोजलसँग सोधपुछका आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पनि पक्राउ गरेको प्रवक्ता भण्डारीको भनाई छ । उनले कारोबारमा संलग्न सुनील ढुंगाना र रोजल ढुंगाना बाबु÷छोरा रहेको पनि बताए ।
प्रहरीले पाँचै जनालाई नक्कली मुद्रा कारोवार सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रवक्ता भण्डारीले जानकारी दिए ।
५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...
५ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...
४ असार, हेटौंडा। हेटौंडामा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडा १९ नेवारपानीमा...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
४ असार, हेटौंडा। मकवानपुरको मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई ...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु...
४ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...
३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले...
२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको दुई वडाको केही स्थानलाई पूर्व सरसफाइ घोषणा गरिएको...
२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको वडा नम्बर ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर तथा ओटिसी...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा...
२४ जेठ, हेटौंडा। हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आयोजना...
२३ जेठ, हेटौंडा। मकवानपुरगढी - ४ कालीखाेलामा रहेकाे सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार ...