Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा एकहजारका नक्कली नोटसहित ५ जना पक्राउ

thumb-1715342146.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले एक हजार दरको नक्कली नोट ५५०००÷ (पचपन्न हजार) सहित पाँचजनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा उमहानगरपालिका वडा नम्बर १४ का ३७ वर्षीय सुनील ढुंगाना सोही स्थानका १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल रहेका छन् । 
प्रहरी प्रवक्ता भण्डारीका अनुसार प्रहरीले बुधबार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । उनीहरुसँगको सोधपुछ र अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा थप व्यक्तिहरु संलग्न रहेको पाइएपछि बिहीबार दुईजनालाई पक्राउ गरिएको उलने जानकारी दिए । 
प्रहरीले सीतारमा, सुनील र रोजलसँग सोधपुछका आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पनि पक्राउ गरेको प्रवक्ता भण्डारीको भनाई छ । उनले कारोबारमा संलग्न सुनील ढुंगाना र रोजल ढुंगाना बाबु÷छोरा रहेको पनि बताए । 
प्रहरीले पाँचै जनालाई नक्कली मुद्रा कारोवार सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रवक्ता भण्डारीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार