२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् । भुटनदेवी माविद्वारा आन्तरिक श्रोतबाट नव नियुक्त ९ जना शिक्षकलाई स्वागत र विद्यालयमा छोराछोरी अध्ययन गराउने शिक्षकलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिग्देलले जबसम्म आफूले पढाउने विद्यालयमा शिक्षकले आफ्ना छोराछोरी अध्ययन गरौंदैनन तबसम्म सामुदायिक विद्यालयप्रति जनविश्वास नहुने बताए । शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै भुटनदेवी माविको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका सिग्देलले अन्यको भूमिका सहायक भएको दावि गरे ।
स्तर सुधारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको ४ नं. वडाका विद्यालयमा शिक्षकले आफ्ना छोराछोरी भर्ना गर्ने क्रम बढेको छ । यसअघि श्रमिक माविले पनि छोराछोरी आफ्नो विद्यालयमा भर्ना गर्ने शिक्षकलाई सम्मान गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक माधव दाहालको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै प्रअ दाहालले सार्वजनिक विज्ञापन गरेर प्रतिस्पर्धाद्वारा उत्कृष्ट भएकालाई नयाँ शिक्षक नियुक्त गरिएको बताउँदै कर्तव्यनिष्ट भएर कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, कृष्णप्रसाद कंडेल, सहप्रअहरू वेदराज कोईराला, भरत पोख्रेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरेलगायतको उपस्थिति रहेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















