२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने भएको छ ।
जेठ ७ गते मनाईने दिवसको अवसरमा प्रदान गरिंदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ चलचित्र पत्रकार गीता अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारीलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले स्थापना गरेको 'नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार' बाट सम्मानित गरिंदैछ । उनी दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय छिन् । संघको पुर्व केन्द्रीय उपाध्यक्ष र गीतकारसमेत रहेकी अधिकारी हाल मिलास मासिक पत्रिकामा आवद्ध छिन् ।
चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गर्ने भएको छ । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेका अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिव समेत हुन् ।
संघले कलाकर्मी सम्मान २०८१ बाट गायक तथा कलाकार कोशिस क्षेत्रीलाई प्रदान गर्ने भएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरुलाई यस विधामा सम्मान गर्दै आइरहेको छ ।
संघको कार्यसमिति बैठकले जेठ १० गते हेटौंडामा हुने कार्यक्रममा पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काले बताए ।
९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...
९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...
९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...
९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...
९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...
९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...
९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...
९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...