Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडामा पत्रकार र कलाकारलाई सम्मान

FB_IMG_1716476200216-1716476211.jpg

सम्मानित र पुरस्कृत भएका पत्रकार र कलाकार

१० जेठ, हेटौंडा।  हेटौंडामा दुईजना पत्रकार र दुईजना कलाकारलाई सम्मान गरिएको छ।

बिहीबार चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा दुईजना पत्रकार र दुईजना कलाकारलाई सम्मान गरेको हो। 

नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१बाट चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारी, चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार बालकृष्ण अधिकारी, चलचित्र कलाकर्मी सम्मान२०८१ बाट कलाकार कोशिश क्षेत्री र धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मान गरिएको हो।

गीती अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत गरिएको हो। अधिकारी दुई दशक भन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । त्यसैगरी बालकृष्ण अधिकारीलाई गरिएको सम्मान र पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् । त्यसैगरी  कलाकार धुव्र न्यौपानेलाई प्रदान गरीएको पुरस्कार  कलाकार सुशान्तकुमार श्रेष्ठले आफ्नो बुबाको नामबाट स्थापित गरेका हुन् । सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई सहयोग पुर्‍याएको भन्दै संघले रातोपाटी डटकमका मकवानपुर संवाददाता पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्त कुमार श्रेष्ठ, संघका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, सम्मानितको तर्फबाट गीता अधिकारी, संघका उपाध्यक्ष श्रीराम अर्जुन लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको अतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार