१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम ह्युस्टन हरिकेन्ससँगको अभ्यास खेलमा ६ रनले जित हासिल गरेको छ । प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा शुक्रबार राति नेपालले १ सय ४७ रनको मध्यम लक्ष्य जोगाउँदै जित हासिल गर्याे।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाएको थियो। ह्युरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए। त्यस्तै, रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। नेपालका लागि अनिलकुमार शाहले ३० बलमा ४७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले २३ रन तथा गुलसन झाले २० रन बनाए।
नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने छ।
विश्वकपमा भने नेपालले आफ्नो पहिलो खेलमा २२ जेठमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा...
२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरको बागमतीमा रुखले च्यापिदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ बागमती गाउँपालिका...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...