Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विश्व बुवाआमा दिवसमा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप

Capture-1717288826.JPG

२० जेठ, हेटौंडा । विश्व बुवाआमा दिवसको अवसरमा हेटौँडामा ५४ जना जेष्ठ नागरिकलाई शनिबार निमोनिया विरुद्धको खोप लगाइएको छ । यस्तै उक्त अवसरमा ८४ वर्षदेखि १०३ वर्ष उमेरसम्मका २ सयजना ज्येष्ठ नागरिकहरुलाई थर्मस पनि वितरण गरिएको छ । 
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा निर्माण भएको जेष्ठ नागरिक सेवा केन्द्र शुभारम्भ गर्ने क्रममा जलेश्वर मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा निमोनिया विरुद्धको खोप लगाइएको हो । हेटौँडा २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले पहिलो चरणमा सीमित बजेटका कारण ५४ जनालाई मात्रै नोमोनिया विरुद्धको खोप लगाएको जानकारी दिँदै वडा आगामी वर्षको बजेटमा वडाका बाँकी जेष्ठ नागरिकलाई खोप कार्यक्रममा समेट्ने जानकारी दिए ।
वडा अध्यक्ष महर्जनका अनुसार शनिवार आयोजित कार्यक्रमका अवसमार वडामा रहेका जेष्ठ नागरिकहरुको सुगर, प्रेसर र अन्य स्वास्थ्यसँग सम्बन्धित निशुल्क जाँच समेत गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको शुभारम्भ गरेकी हुन् । उनले सेवा केन्द्रले जेष्ठ नागरिकहरुका लागी आफ्ना दौतरीहरुसँग भेटघाट गर्ने र सुखदुःख साटासाट गर्न सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उप प्रमुख राजेश कुमार बनियाँले जेष्ठ नागरिकको अनुभव, ज्ञान र सीप युवा पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले जेष्ठ सदस्यहरु जिउँदा इतिहास भएको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँहरुबाट धेरैकुरा सिक्न सक्ने बताए । 
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुर अध्यक्ष हरि प्रसाद सिग्देल, ज्येष्ठ नागरिक समाज मकवानपुर अध्यक्ष केदार न्यौपाने, जलेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष मुरारी सुवेदी, वनस्खण्डी देवी सामुदायिक वन समिति अध्यक्ष भवसागर श्रेष्ठ, हेटौँडा २ का वडा सदस्य सुरज बतौँला लगायतले राज्यले जेष्ठ सदस्यहरुलाई समाजमा सम्मानित जिवन यापनको वातावरण तयार गर्न नीति नै बनाएर अगाडी बढ्नपर्ने भन्दै सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार