Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

सिन्धुलीमा प्रहरीको मोटरसाइकल दुर्घटना, असई र हवल्दारको मृत्यु

105389346-1717981940.jpg

२८ जेठ, कमलामाई। सिन्धुलीमा गस्तीमा रहेको प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ प्रहरीको ज्यान गएको छ।

आइतबार अपराह्न फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

प्रहरी चौकी रत्नावतीबाट नियमित गस्तीमा गएका चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनुषाको  कमला नगरपालिका-९ घर भएका  रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका-७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको सोही मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको सिन्धुली प्रहरी प्रमुख एसपी  गोविन्दराज काफ्लेले जनाएका छन् ।

उनका अनुसार सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको र सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको र श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाएका हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान :आजै दावी पेस गरिने
FB_IMG_1720797195864-1720798296.jpg

२८ असार, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।राष्ट्रपति...

राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान
president-Ram-chandra-pou-1720796840.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति...

पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी
Prachanda1688723814-(1)-1720792621.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका...

मार्खु - कलङ्की सडकखण्डमा पहिरो
Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार
Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु
For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको ...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै
Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु
pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९...

थप समाचार