Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा–११ सिमलटारमा खेल मैदानको उद्घाटन

udhghatan-1718238095.jpg

३१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा निर्माण सम्पन्न खेलमैदानको बुधबार उद्घाटन भएको छ । खेल मैदानको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 
हेटौँडा उपमहानगरपालिकाको १० र हेटौंडा ११ नम्बर वडाको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरीएको हो । खेल मैदानको उद्घाटन गर्दै नगर प्रमुख लामाले खेलकुदको बिकासका लागि पुर्वाधार निर्माणको कामलाई गति दिएको बताइन् । खेलाडि उत्पादन र खेल क्षेत्रको बिकासका लागि नगरका १९ वटै वडाहरुमा खेलमैदान निर्माणका लागि चालु आथिक बर्षमा बजेट बिनियोजन गरी काम भैरहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा उपप्रमुख बानियाँले खेल मैदानको थप व्यवस्थापनका लागि उपमहानगरले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अहिले खेलकुद मैदान मात्रै निर्माण गरिएको भएपनि भविष्यमा यसलाई स्टेडियमका रुपमा विकास गर्न सकिने बताए ।
सिमलटार टोल बिकास सस्थाका अध्यक्ष सुर्यमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरका वडा अध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टिकाराम लामा, नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे लगाएतले खेलकुदको माध्यमबाट स्वस्थ्य र अनुशासित जिवन जिउन सकिने बताए । कार्यक्रममा खेलमैदान निर्माणका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार