१३ माघ, हेटौँडा । काठमाडौंबाट झापा जाँदै गरेको सुमो धनुषाको गणेशमान चारनाथ–८ मा शनिबार बिहान दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने पाँच जनाको सकुसल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बताए अनुसार बा ९ च ३३१४ नम्बरको सुमो शनिबार बिहान धनुषाको गणेशमान चारनाथ स्थित अनियन्त्रित भई पोखरीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का प्रल्हाद न्यौपाने र खोटाङ निरपानेडाँडाका याम बहादुर चौहान रहेका छन भने घाईतेको विवरण खुल्न बाकि रहेको र घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ ओयामको भन्ज्याङमा ओयाम बाट फिदिम तर्फ आउँदै गरेको ग १ ज ६०८५ नम्बरको जिप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आधा दर्जन यात्री घाइते भएका छन । मृत्यु हुनेमा सवारी चालक स्थानिय १८ वर्षीय प्रवेश योङया र १६ वर्षीय सन्दिप योङया रहेका छन् ।
घाइते हुनेहरुमा याङवरक ३ वस्ने भिम योङया, प्रकाश योङया, प्रदिप राई, लक्ष्मण राई, मनोज गुरुङ र इशाक योङया रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको विर्तामोड तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















