Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । 
जितका लागि १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन मात्रै बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । अनिल साहले २७ रन, ओपनर कुशल भुर्तेलले १३ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले सर्वाधिक ४३ रन बनाए । ट्रिस्टन स्टब्सले २७ रन, कप्तान एडेन मार्क्रमले १५ रन र क्वीन्टन डी ककले १० रन जोडे । 
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभर बलिङ गरे पनि विकेट लिन सकेनन् ।
प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मार्खु - कलङ्की सडकखण्डमा पहिरो
Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार
Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु
For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको ...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै
Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु
pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1720748455.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ...

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो, २ वटा बस त्रिशूलीमा बेपत्ताको आशंका*
Screenshot_20240712_07150-1720747830.jpg

२८ असार, रामनगर। बिहीबार बिहानै देखि परेको अविरल वर्षाका नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो...

सिस्नेरि दक्षिणकाली सडकखण्ड संचालनमा
Screenshot_20240706_20195-1720708904.jpg

२७ असार, हेटौंडा। बिहीबार बिहानबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको हेटौंडा भएर काठमाडौं...

थप समाचार