३ असार, हेटौंडा । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न इस्लाम धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।
नि:सन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दिए भने म कुर्बानी गर्छु ।
सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लाह खुशी भएको थिएन ।
अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
१८ असोज, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार तथा हेटौंडा अस्पताल ब्यबस्थापन...
१८ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले असोज ११ र १२ गते परेको अविरल बर्षापछिको...
१८ असोज, हेटौंडा । नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता...
१८ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...
१७ असोज, हेटौंडा । राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले...
१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न...
१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार...
५ असोज हेटौंडा ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १० राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी संस्थाकाे १२ औँ वार्षिक ...
८ असोज, हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको मार्ग वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक १२ दिन बन्द...
११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध...
११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार...