Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

SA-KIT-1718848833.jpg

६ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।
शुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले नटआउट ५ चौका र ५ छक्काको ४७ बलमा ८० रनको योगदान दिए। तर अमेरिकालाई जित दिलाउन सकेनन्। हरमित सिंहले गोउससँग ९१ रनको साझेदारी गर्दा उनले ३८ रन बनाएका थिए ।
ओपनर स्टिभन टेलरले २४ रन, कोरी एन्डरसनले १२ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि कासिगो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले एक-एक विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेटको क्षतिमा १९४ रन बनाएको थियो । ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । कप्तान ऐडन मार्क्रमले ४६ रन, हेनरिच क्लासनले ३६ रन, ट्रिस्टन स्टब्सले २० रन बनाएका थिए ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान दुई/दुई विकेट लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार