१४ माघ, हेटौँडा । मकवानपुरमा ३५ जना कुष्ठरोगी रहेको आज हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिईएको छ । ६५ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार तथा सरोकारवालाहरुसंग अन्तरक्रियामा स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग स्रोतव्यक्ति भुपनारायण यादवले यस्तो जानकारी दिएका हुन् ।
यादवका अनुसार गत आर्थिक बर्षका ३० कुष्ठरोगी उपचाररत रहेको र चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ५ जना नयाँ विरामी फेला परेका छन् । सबैभन्दा बढि हेटौँडा, मकवानपुरगढी र भीमफेदीमा कुष्ठरोगी फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा छ । यसैगरी, मध्यमाञ्चलमा आव ०७२/०७३ मा १ हजार ३२ कुष्ठरोगी थिए । कुष्ठरोगीमध्ये ४५८ महिला र १२२ बालबालिका रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका कुष्ठरोग अधिकृत उत्तम खनालले बताए । उनका अनुसार आव ०७३/०७४ मा १ हजार १ सय ८४ कुष्ठरोगी फेला परेकोमा ४ सय २८ महिला र १ सय १५ बालबालिका रहेका छन् ।
अन्तरक्रिया कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय जनस्वास्थ्य अधिकृत विभुकुमार झा, हेटौँडा उपमहानगरपालिकाका प्रवन्धक भीमप्रसाद तिमल्सिना, हेटौँडा अस्तालका प्रमुख डा. कमल दवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा शरिरमा रातो लाटो फुस्रो दाग देखिएमा कुष्ठरोग हुन सक्ने भन्दै स्वास्थ्य संस्थामा जचाउन आग्रह गरिएको थियो । स्वास्थ्यप्रश्वासबाट सर्ने कुष्ठरोगको उपचार निःशुल्क हुने र ६ देखि १२ महिना नियमित औषधी खाएमा निको हुने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















