Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रविच सहमति

Emale-ra-Maobadi-1517151466.jpg

१४ माघ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ ।
आईतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै त्यसको संख्या पनि निर्धारण गरेको हो ।
सहमति अनुसार एमालेले  ४ मुख्यमन्त्री, ४ सभामुख, २ उपसभामुख र माओवादी केन्द्रले २ मुख्यमन्त्री, २ सभामुख ४ वटा उपसभामुख पाउने भएका छन् । सहमति अनुसार, अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउँने भएको छ ।
यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले, र ४ र ५ को सभामुख माओवादी केन्द्रले लिने भएको छ । यता प्रदेश नम्बर १, ३, ६ र ७ को उपसभामुख माओवादी केन्द्रले र ४ र ५ को उपसभामुख एमालेले पाउने गरि सहमति जुटाईएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजन गर्दा मुख्यमन्त्री बाहेक एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत कायम गर्ने सहमति भएको छ । मन्त्रीहरुको कार्यविभाजन र प्रदेश नेतृत्वको वाँडफाँड सम्बन्धी प्रदेशका मुख्य मन्त्री र दुवै पार्टीका प्रदेशसभा संसदीय दलको नेताको सहमतिमा गर्ने सहमति भएको छ ।
साथै मन्त्रीपरिषद्को संख्या प्रदेशसभाको संख्याको अनुपातलाई विचार गरि ७ देखि ११ सदस्यीय बनाईने सहमति भएको छ । कार्यदलले जुटाएको यो सहमति पार्टी एकता संयोजन समितिको बैठकमा प्रस्तुत गरिने कार्यदल संयोजक नेम्वाङ्गले जानकारी दिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार