Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हेटौँडामा चेतन कार्की र कोमल वली सम्मानित

Chetan-Karki-1517224153.JPG

१५ माघ, हेटौँडा । एकलाख रुपैँया राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद चेतन कार्कीलाई सम्मान गरिएको छ । 
भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडामा कार्कीलाई सम्मान गरेको हो । कार्यक्रममा २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोक गायिका कोमल वलीलाई प्रदान गरिएको छ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरकी साहित्यकार अनिता न्यौपाने, भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौडाका चिराग डंगोल, शीला नारी संगीत पुरस्कारबाट हेटौंडाकी गायिका विद्या तिवारी, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाहलाई सम्मान गरिएको छ । 
यस्तै मकवानपुरे साहित्यकार निमेष निखिललाई चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कार र स्वास्थ्य क्षेत्रमा लामो समय स्वंयमसेवीको कार्य गर्नुभएकी चम्पा कोजुलाई प्रतिष्ठानले मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सम्मान गरेको छ । गायक, संगीतकार तथा गीतकार जगत मर्दन थापाले सम्मान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तुल्सी थापा, साहित्यकार प्रकाश सायमी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
वरिष्ठ संगीत साधक, कवि एवं गीतकार भीम विराग जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

पारिजात स्मृति सम्मान डा.महेश मास्केलाई
IMG_1436-1713360381.JPG

५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...

कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
dfff-1713358872.jpg

५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...

१३० किलो लागुगाँजासहित ७ जना पक्राउ
dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति
Screenshot_20240417_17383-1713354825.jpg

५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  बुधबार...

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
Nepali_Team_Cricket-17131-1713354373.jpg

५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...

थप समाचार