Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

साहित्यमा सहिदको योगदान विषयक अन्तरक्रिया

Radio-Makawanpur-1517324329.JPG

१६ माघ, हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित रेडियो मकवानपुर १०१.३ मेगाहर्जको आठौं वार्षिकोत्सवको अवसरमा मंगलबार सहिदको योगदानः साहित्यमा चर्चा विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुरका साहित्यकारहरुको सहभागितामा रेडियोको सभाहलमा कार्यक्रम भएको हो ।
सहिद दिवसको अवसरसमेत पारेर आयोजना गरिएको कार्यक्रममा बोल्ने मकवानपुरे साहित्यकारहरुले नेपाली साहित्यमा सहिदको योगदानको बारेमा साहित्यिक रचनाहरु रचिएको भए पनि सहिदहरुको जति मात्रामा चर्चा हुनुपर्ने हो त्यति नभएको बताए ।
राणा शासनदेखि राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्ममा सहिदको महत्वपूर्ण योगदान रहेको उनीहरुको भनाइ थियो । सहिदको त्याग तपस्या र बलिदानबाट नेपालमा राणा शासन र राजतन्त्र हटेर लोकतान्त्रिक व्यवस्था आएको बक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार साम्ब ढकाल, निमेष निखिल, ह्यागृव आचार्य, घनश्याम घिमिरे, तुल्सी घिमिरे, पूर्णकला घिमिरे, देवराज खरेल, विष्णु प्रसाद गौतम, अनिता न्यौपाने, मुना अर्याल, देवराज तिवारी, सुवास खनाल, उमेश तिमल्सिना, धर्मराज स्याङ्तान, यस लामालगायतले साहित्यमा सहिदको योेगदानको चर्चाको बारेमा बोलेका थिए । कार्यक्रम रेडियोका स्टेशन संयोजक राममणि दाहालको अध्यक्षतामा भएको थियो ।
यसैविच रेडियोले वार्षिकोत्सवको अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनलसँगको सहकार्यमा बुधबार बिहान ११ बजे भुकम्पपछिको पुनर्निर्माणको अवस्थाका बारेमा मकवानपुर गढी गाउँपालिका–२ स्थित शिखरकट्टेरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ने रेडियोका संयोजक दाहालले जानकारी दिए ।
यस्तै रेडियोले हरेक वर्ष जिल्लाको आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुईजनालाई प्रदान गर्दै आएको सामुदायिक सम्मान यस बर्ष पनि माघ २२ गते प्रदान गर्ने भएको छ ।
रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आफ्नो २० औँ स्थापना दिवश पनि माघ २२ गते नै मनाउने सहकारीले जानकारी दिएको छ । सामुदायिक सम्मान तथा सहकारीको स्थापना दिवसका अवसरमा हुने कार्यक्रम सिचाई मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यमा हुने संयोजक दाहाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार