Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

चौघडामा रहेको रानी वनको कारोबार साढे ३५ लाख

IMG_20240721_203635-1721573510.jpg

६ साउन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको कारोबार साढे ३५ लाख रहेको छ।सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल वन समूहले आर्थिक वर्ष २०८०/०८१ मा साढे ३५ लाखको कारोवार गरेको जनाइएको छ ।

समूहले सालको चिरानी काठ विक्रीबाट २३ लाख २० हजार बाकल विक्रीबाट १ लाख ५४ हजार, दाउरा विक्रीबाट २ लाख ७४ हजार आम्दानी गरेको त्यसैगरी डिभिजन वन कार्यालयबाट ३ लाख ७१ हजार नवीकरणबाट ६७ हजार, नयाँ सदस्यता शुल्कबाट ६७ हजार आम्दानी गरेको कोषाध्यक्ष गोमा लामिछानेले जानकारी दिइन्।त्यसैगरि समूहले काठ चिरानी ज्यालामा १३ लाख १० हजार, कर्मचारी तलवमा ४ लाख ५० हजार, वन ब्यवस्थापनमा ४ लाख २५ हजार, सालकको मूती निर्माणमा २ लाख २५ हजार खर्च गरेको लामिछानेले बताइन्। 

समूहले वृक्षारोपणमा ६५ हजार, बाकल ढुवानीमा ८२ हजार, पर्यटकिय क्षेत्र निर्माणमा ७० हजार, साधारणसभामा १ लाख ५५ हजार, वार्षिकोत्सवमा २५ हजार र अन्य कार्यमा २ लाख खर्च गरेको  जनाइएको छ ।समूहले २०८० सालको बागमती प्रदेश स्तरीय प्रथम पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्ला स्तरीय पुरस्कार समेत प्राप्त गरिसकेको समूह अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताएका छन् ।

विश्वमा लोपोन्मुख सालकको संरक्षण गरि यसको संख्यामा वृद्धि गर्ने काममा समेत समूह निरन्तर लागि परिरहेको छ । पर्यापर्यटकिय क्षेत्रको विकासका लागि समूहको ब्लक नं. ५ मा सालकको केज निर्माण गरिनुको साथै ब्लक नंं ६ मा विपि गणेशमान स्मृति शान्तिपार्क समेत निर्माण भैरहेको छ ।वनको संरक्षण, ब्यवस्थापन, महिला समूह गठन, आयआर्जनमा वृद्धि, संस्थागत विकास र सामाजिक कार्य, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा समेत काम गरि समूहले आफनो सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार