१५ साउन, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
नवौं सामुदायिक वन दिवसको अवसर पारेर समूहले मंगलबार ब्लक नं. ६ मा रहेको विपि गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।पार्कमा समितिले आँप, लिचि, एभोकाडो, नीम, बेल, बडहर, टाँकी र विभिन्न प्रजातीका फूलहरु गरि करिव ५ सय विरुवाको वृक्षारोपण गरेको छ।
कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले वन समूहले सबै क्षेत्रमा गरेको काम उत्कृष्ट रहेको बताए । वनको उत्पादकत्व बढाउन र वनलाई जैविक विविधतायुक्त वन बनाउन वनको व्यवस्थापन र वनको सदुपयोग अपरिहार्य रहेको बताए । उपभोक्ता र वन्यजन्तु बीचको द्धन्द घटाउन वनमा विभिन्न प्रकारका फलफूल र गैरकाष्ठ वनपैदावारजन्य विरुवा लगाउनु पर्नेमा उहाँको जोड थियो । उपभोक्ताहरुको चाहना र वनको हैसियतमा सुधार ल्याउनुको साथै पारदर्शीता र जवाफदेहितामा रानी सामुदायिक वनको काम प्रशंसायोग्य रहेको अधिकृत चन्द्रबंशीले बताए ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, हेटौडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, महिला समूह, सञ्चारकर्मी, उपभोक्ता लगायतको सहभागिता थियो । कार्यक्रममा खेलाडीहरुलाई खेल सामाग्री र महिला समूहलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







