सुनिल शिवाकोटी
१९ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय शुक्रबारबाट हेटौँडामा शुभारम्भ गरिएको छ । कार्यालयमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदका मूख्यसचिव रेश्मीराज पाण्डेले पदभार ग्रहण गरेका छन् । यसअघि क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका प्रशासक रहेका पाण्डले मूख्यसचिवको जिम्मेवारी सम्हालेका हुन् ।
पदभारग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै पाण्डेले ३ नम्बर प्रदेशलाई पारदर्शिताको नमूना प्रदेश बनाउने संकल्प गरे । उनले यो प्रदेशलाई कम उजुरी प्रदेशको रुपमा अघि बढाउन कर्मचारी संयन्त्रलाई सुझाव दिंदै स्थानीय तहसम्मको कार्यसम्पादनमा सहजिकरणका लागि कर्मचारी संयन्त्रको भूमिका आवश्यक रहेको बताए । उनले शुक्रबारबाट नै मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्य शुभारम्भ गरेको जानकारी दिए ।
पदभार ग्रहण गर्दै उनले ७ वटा मन्त्रालयहरुको पनि काम छिटै संचालनमा ल्याउन मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रमेश शिवकोटीको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव बलदेव जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र भवन प्रविति तथा तालिम केन्द्रका जिल्ला इन्जिनियर सुदिप आचार्य सदस्य रहेको ४ सदस्यीय समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
पाण्डे मूख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालय पुग्दा कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरे, प्रदेश कार्यालयका सचिव चर्तुभुज ज्ञवाली, प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतका विभिन्न कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...













-1786686763.jpg)



-1786539267.jpg)