२० माघ, चौघडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माध्यमिक विद्यालयले संचालन गरेको श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञमा ३३ लाख ४२ हजार ८ सय ४१ रुपैयाँ बचत भएको छ । शनिवार विद्यालयमा आयोजित सप्ताहको आय–व्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रमको अवसरमा आर्थिक उपसमितिका संयोजक मधुसुदन न्यौपानेले बचत रकमबारे जानकारी दिएका हुन् । सप्ताहमा ४३ लाख ६२ हजार ९ सय ८७ आम्दानी र १० लाख २० हजार १ सय ४६ खर्च भएको संयोजक न्यौपानेले बताए । विद्यालयको भौतिक एवम शैक्षिक व्यवस्थापनको लागि माघ १ गतेदेखि ८ गते सम्म श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञको आयोजना गरिएको थियो ।
कार्यक्रममा सप्ताह ज्ञानमहायज्ञको प्रचारप्रसारमा सहयोग गर्ने संचारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई सम्मान गरिएको थियो । विभिन्न उपसमितिमा रहेर सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । हेटौडा उपमहानगरपालिका १७ का वडा अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता एवम श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञका संयोजक रामप्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, प्रधानाध्यापक सानुकाजी पाण्डे, शिक्षक तारानाथ दाहाल, राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिना, विद्यालयका संस्थापक कृष्णप्रसाद नेपाल, संचारकर्मी भीमसेन पौडेल, प्रचारप्रसार उपसमिति संयोजक सोविता कार्की, गोविन्द दाहाल लगायतकाले सप्ताहमा संकलन भएको रकम विद्यालयको भौतिक एवम शैक्षिक क्षेत्रको विकासमा खर्च गर्नु पर्नेमा जोड दिएका थिए । २०३२ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पढाई भैरहेको छ ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















