३० साउन, हेटौडा । हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध एकता महिला आयआर्जन समूह मकवानपुरगढी ४ कालीखोलाको चौथो वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
रानी सामुदायिक वनका उपाध्यक्ष केशव धितालको प्रमुख आतिथ्यता एवम महिला समूहकी अध्यक्ष गौरी सुवेदीको सभाध्क्षतामा सम्पन्न साधारणसभामा समूहकी अध्यक्ष गौरी सुवेदीले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरकी थिइन् । समूहले महिलाहरुको आर्थिक तथा सामाजिक र क्षमता अभिवृद्धि गर्ने काममा सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समूहले ३ वर्षमा ४ लाखको कारोवार गरेको छ । समूहमा १७ जना महिलाहरु आवद्व रहेका छन । समूह सञ्चालन गर्न रानी सामुदायिक वनले १ लाख ४१ हजार बीउ पूजी उपलब्ध गराएको थियो । साधारणसभामा उत्कृष्ट कारोवारी नन्दादेवी बन्जारालाई पुरस्कृत गरिएको थियो । साधारणसभामा सिर्जनशिल समाज सहकारी अध्यक्ष कृष्ण बिडारी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाइ प्रमुख लक्ष्मण दाहाल, रानी सामुदायिक वनका सदस्य शत्रुघन दुलाल, वन हेरालु हरिचन्द्र सापकोटा, सिर्जनशिल समाज सहकारीकी ब्यवस्थापक विमला न्यौपाने, नमुना महिला आयआर्जन समूहकी सचिव सावित्री दुलाल लगायतको आतिथयता रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







