२१ माघ, हेटौँडा । नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको खबर अब नौलो रहेन । यी दुईले नै आफूहरु एकअर्काको प्रेममा रहेको स्वीकार गरिसकेका छन् । गएको दुई हप्ता अगाडि सृष्टि प्रेमी सौगात अभिनीत फिल्म 'लालपुर्जा' हेर्न हलमा पुगेकी थिइन् ।
सौगात 'फ्रि' हुँदा बढी जसो समय प्रेमिका सृष्टिसँग नै विताउने गर्छन् । यतिमात्र होइन सृष्टिको गाडीमा अहिले सबैभन्दा धेरै सौगात देखिन्छन् । फिल्ममा काम गर्दैगर्दा प्रायः सेलिव्रेटीहरु प्रेममा पर्ने गर्छन् । तर, सौगात र सृष्टिले भने अहिलेसम्म कुनै पनि फिल्ममा सँगै काम गरेका छैनन् । 'लालपुर्जा' मा सृष्टिको अभिनय भएता पनि सौगातसँग भेट नहुँदै फिल्म अन्त्य भयो । यो फिल्म सफल भएको हुन्थ्यो भने दोस्रो भागमा यो जोडीलाई देख्न पाउने सम्भावना प्रवल थियो तर त्यो पनि गर्भमै तुहियो । के दर्शकले अब यो जोडीलाई पर्दामा देख्न पाउने सम्भावना छ ?
केही दिन अगाडि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नायक मल्लले आफूहरु राम्रो स्क्रिप्ट भए मात्र सँगै काम गर्ने खुलाए । उनले भने, ‘हामी दुईलाई राखेर फिल्म बनाउने भन्दै धेरै निर्माता-निर्देशक आउनु भएको छ । तर, हाम्रो कोशिश लटरपटर स्क्रिप्टमा काम नगर्ने भन्ने हो । हामी दुई जना भएपछि बेष्ट स्क्रिप्ट हुनु पर्छ ।’ यो भनाईले पनि सौगात, सृष्टिसँग फिल्ममा काम गर्न आतुर रहेको आशय प्रष्ट हुन्छ । अर्को वर्षको चैतसम्मका लागि प्याक भइसकेका सौगात पछिल्लो समय बक्स अफिसमा विक्न छाडेका अभिनेतामा गनिन्छन् । उनका पछिल्ला फिल्मको प्रचार सामाग्री हेर्ने हो भने दर्शकहरु दोधारमा पर्ने अवस्था सिर्जना भएको छ । हप्ता ननाघ्दै उनी अभिनीत नयाँ फिल्मका पोष्टर भित्तामा टाँसिन्छन् ।
लगातार फिल्म फ्लप हुँदा सौगातको स्टारडममाथि यतिबेला प्रश्न चिन्ह खडा भएको छ । सौगातले अब आफ्नो करिअर बचाउनका लागि पनि सृष्टिसँग फिल्ममा जोडी बाँध्न आवश्यक देखिन्छ । आशा गरौँ- सौगात र सृष्टिले खोजे जस्तै स्क्रिप्ट चाँडै तयार हुनेछ । र, दर्शकले रियल प्रेम जोडीलाई रिलमा हेर्न पाउनेछन् ।
साभार : फिल्मीखबर
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















