२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् ।
उनले महिला माथिल्लो तहमा पुग्दा पनि पुरुष प्रधान मानसिकताका कारण अघि बढ्न कठिन हुने भनदै एकतावद्ध भएर अधिकारका लागि लड्नुपर्ने बताईन् । सामाजिक कुसंस्कारका कारण महिलाहरु पछि परेको भन्दै कुसंस्कार विरुद्ध आवाज उठाउन महिलाहरुलाई उनको आग्रह थियो । भनाई र गराई एक हुन नसक्दा अन्याय र अत्याचारको खाडल बढ्दै गएको भन्दै नयाँ शक्ति पार्टी नेपालका ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिंह स्याङ्तानले महिलालाई अधिकार दिन समेत यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक रहेको बताए ।
अन्तरिम जिल्ला परिषद् संयोजक पुनम भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक प्रल्हाद लामीछाने, नेताहरु ज्योति रायमाझि, विवेक वाईवा, निबन्ध लामा, शेरबहादुर पहरी डिबि थापा, मिहिन बहादुर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समृद्ध महिला संगठनमा भट्टराई
नयाँ शक्ति पार्टी नेपाल निकट समृद्ध महिला संगठनको जिल्ला अध्यक्षमा पुनम भट्टराई चयन भएकी छिन् । जिल्ला भेलाले भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला परिषद् मकवानपुर गठन गरेको हो । संगठनको उपाध्यक्षमा सम्पुर्णा पौडेल, सचिव कल्पना ठकुरी, सह सचिव शान्ति लो, कोषाध्यक्ष सानु लामा रहेका छन् ।
सदस्यहरुमा आशा दोड, नानु राना, शोभना बानीया, सरस्वती बल, कान्छि सुनार, मिना खत्री, संगिता श्रेष्ठ, देवकी पराजुली लगायत रहेका छन् । संगठनको ५ सदस्यिय सल्लाहकार समितिमा सूर्यकला तिमल्सिना, धन पाख्रिन, शोभा गौतम, पार्वती सिन्तान र निमटोल्मा आचार्य रहेका छन् ।
तस्विर सौ.–मनोज ढोडारी
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




