Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

कला/संस्कृति

आज कुशे औंसी एवं बाबुको मुख हेर्ने दिन

Screenshot_20240902_07090-1725240253.jpg

१७ भदौ, हेटौंडा । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।
सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।
बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशको नामटारमा सुरु भयो ३३ दिने व्युटिसियन तालिम
FB_IMG_1745336348575-1745336367.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको  वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...

कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ बाट हुने
FB_IMG_1735009283447_edit-1745335223.jpg

९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...

शपथ लिएको २४ घण्टामै उपाध्याय निलम्बनमा
FB_IMG_1745324843199-1745325235.jpg

९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...

रविको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
Screenshot_20241105_16244-1745311853.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...

कृषि फर्ममा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति
Gamgadhi-aaglagi1-1745311253.jpg

९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...

थाहानगरमा छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ
102-1745308856.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...

सुन तोलामा ६९०० रुपैयाँले बढ्यो
Gold-1745300793.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...

कक्षा १२ को परीक्षा निर्धारित समयमै गरिने
FB_IMG_1735009283447_edit-1745298185.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1745284832.jpg

९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी...

थप समाचार