Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हारबारे मन्त्री यसो भन्छन्

Mantri-Gautam-1517819182.jpg

२२ माघ, हेटौँडा । सिंचाई मन्त्री सञ्जयकुमार गौतमले नेपाली काँग्रेसले राष्ट्रिय मुद्दाहरुलाई संवोधन गर्न नसकेका कारण देशैभर हार व्यहोर्नुपरेको बताएका छन् ।
नेपाली काँग्रेस मकवानपुरद्वारा सिंचाईमन्त्री गौतमको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गौतमले कांग्रेसले राष्ट्रिय मुद्धालाई समयमै सम्बोधन गर्दै यसलाई जनतामाझ पु¥याउन चुकेकाले नै अहिले हारको सामना गर्नु परेको बताएका हुन् । नेपाली काँग्रेस बर्दियाका सभापति रहेका उनले काँग्रेसमा लाग्नेहरु विचारले मात्रै काँग्रेस भएर नहुने बताउँदै गौतमले एकढिक्का भएर लागे जनताको साथ सधैं रहने दावि गरे । उनले अवका दिनमा बलियो प्रतिपक्षको रुपमा काँग्रेस खडा हुनुपर्नेमा जोड दिए । 
आफूले बर्दियामा बाम गठबन्धनको बलियो उपस्थिति हुँदाहुँदै पनि एमालेका केन्द्रीय नेता बामदेव गौतमलाई पराजित गर्नुमा काँग्रेसलाई एकढिक्का बनाउन सफल भएको भन्दै यसरी नै देशैभर काँग्रेस एकढिक्का हुनुपर्ने सुझाव दिए । नेपाली काँग्रेसको सरकारले तीव्र दबाबका बीच पनि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा बनाएको र यसलाई स्थायी बनाउन यहाँका जिल्लाबासी र राजनीतिक दलहरुको दबाब र सक्रियता जरुरी रहेको बताए ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्यलगायत जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संगठनका प्रमूख एवं पदाधिकारीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार