फाइल तस्विर
२२ भदौ, हेटौंडा । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।
बागमती प्रदेशका चितवन, मकवानपुर, धादिङ देशका विभिन्न क्षेत्रमा रहेका चेपाङहरूले विशेष रूपमा यो पर्व मनाउँछन् । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।
यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पाण्दे) हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् । यस दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् । वारनामा कोही चेपाङ काममा निस्कँदैनन्, घरमै बसेर रमाइलो गरिन्छ ।
छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङहरुले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरुले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गर्छन् ।
अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरी खान पुगोस् भनेर कामना गर्ने र आपसमा खुसियाली साटासाट गरेर यो पर्व मनाइने गरिन्छ ।
चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू विगतमा जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ ।
६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...
६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले आयाेजना गरेकाे वक्तृत्वकला...
६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...
६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...
६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...
६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...
६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...
६ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी,...
६ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...