Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरद्वारा दुई जनालाई सामुदायिक सम्मान 

Samudayik-Samman-1517881428.jpg

२३ माघ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरले आप्mनो ८ औ बार्षिकोत्सवको सन्दर्भमा दुई जनालाई सामुदायिक सम्मान प्रदान गरेको छ । 
रेडियोले हरेक बर्ष प्रदान गर्दै आएको सामुदायिक सम्मान–२०७४ बाट शक्ति समूहका क्षेत्रीय संयोजक अस्मिता तामाङ र विगत १३ बर्षदेखि मकवानपुरको उत्कृष्ट विद्यालय हुँदै आएको आधुनिक माविका प्रधानाध्यापक ऋषिराम पोखरेललाई सम्मान गरेको हो । 
सम्मानित तामाङले सम्मानले थप जिम्मेवारी बढेको महसुस भएको बताइन् । यस्तै अर्का सम्मानित पोखरेलले काम गर्दै जाँदा सम्मान मिल्ने रहेछ भन्ने प्रमाणित भएको बताए । 
यसैविच रेडियोले रेडियोको बर्ष कर्मचारीको रुपमा रेडियो मकवानपुरका समाचार शाखा प्रमुख राजन दाहाल खुसराज नगद ५ हजार ५ सय ५५ सहित पुरस्कृत गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री गौतम, सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीना, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले सम्मान र पुरस्कार प्रदान गरेका हुन् । 
दिव्यतारा सहकारीले २० औं स्थापना दिवसको सन्दर्भमा ३१ जना अनाथ बालबालिकाको पालनपोषण गर्दै आएको हेटौंडा–५ स्थित ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित हाम्रो घरलाई २० हजार रुपैँयाको चेक हस्तान्तरण गरिएको थियो ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सहकारीको कार्यक्षेत्र बढाउने योजनामा रहेको जानकारी दिइन् । 
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार