Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल क्यानडासँग १०३ रनले पराजित

20240917_080425-1726539590.jpg

१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलस कीर्टनले ७३ रनको नटआउट इनिङ खेल्दा ओपनर नभनित धलिवालले ४८ रन बनाएका थिए।
त्यस्तै, डिलोन ह्यालीघरले ३० रन बनाउँदा हर्ष थकरले २७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा सदबिन जफर र पर्गत सिंहले समान १७-१७ रन बनाउँदा आरोन जोनसोन र कलिम सानाले १०-१० रनको स्कोर बनाएका थिए।
नेपालका लागि सोमपाल कामी, ललित राजवंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा, रोहित पौडेलले समान १-१ विकेट लिए।
२ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङको सिकार बन्यो। नेपालका लागि करन केसीको २७ रन सर्वाधिक बन्यो। उनी बाहेक सन्दीप लामिछानेले २२ रन बनाउँदा आसिफ शेखले २० तथा भिम सार्कीले १८ रन बनाएका थिए। गुल्सन झा १५ रन बनाएर आउट भए। नेपालको शीर्ष क्रम धरासायी बन्यो। केवल ६२ रनको अवस्थामा ५ खलाडी आउट हुँदा पछिल्लो क्रमले केही समय इनिङ सम्हाले पनि ४०.१ ओभरमा १ सय ५० रन बनाउँदा टोली अलआउट भएको थियो।
नेपालविरुद्ध कसिलो बलिङ गर्ने क्रममा क्यानडाका लागि डिलोन ह्यालीघरले ५ विकेट लिए। अलराउन्डर प्रदर्शन गरेका हलीघर प्लेयर अफ द म्याच घोषत भए। त्यस्तै, अखिल कुमार र अन्स पटेलले २-२ विकेट लिँदा साद बिन जफारले १ विकेट लिएका थिए।
अब नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाललाई पराजित गरेको क्यानडा अंक तालिकाको ९ खेलबाट १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। नेपाल भने सातौं स्थानमा छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार