१ असोज, हेटौंडा। नजिकिदैँ गरेका महानपर्वहरु विजयादशमी, दीपावली तथा छठपर्व लक्षित गर्दै मोवाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर)ले उपहार योजना सार्वजनिक गरेको छ ।म्यान मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको हो । यस वर्ष दशै तिहारमा मकवानपुरमा मोवाईल खरिद तथा मोवाईल मर्मत गर्दा मोवाईल पसलबाट ग्राहकलाई कुपन प्रदान गरिने उपहार योजना कार्यक्रमका संयोजक एंव म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले बताएका छन्। हामीले १२ लाख २३ हजार पाँच बराबरको पुरस्कारहरु प्रदान गर्दैछौं, संयोजक न्यौपानेले भने । असोज १ अर्थात आजैका दिनबाट उपहार योजना कार्यक्रम सुरुवात भएको घोषणा गर्दै ग्राहकहरुले अबदेखी मोवाईल खरिद तथा मर्मत गर्दा एउटा कुपन लिन न्यौपानेले आग्रह गरेका छन् ।
उपहारहरु ५ सय ३४ जनालाई प्रदान गरिने उनले बताए । हामीले बम्पर पुरस्कार १ जनालाई स्कुटर प्रदान गर्नेछौं भने एक जनालाई थाईल्याण्ड टुरप्याकेजमा सहभागिता जनाउने संयोजक न्यौपानेले बताए । पुरस्कारहरु इनफिनिक्स जिरो फोन एक जनालाई, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई र स्मार्ट फोन ११ जनालाई प्रदान गरिने संयोजक न्यौपानेले बताए । उपहार योजना कार्यक्रम मकवानपुर जिल्लाभित्र मात्र लागु रहनुका साथै मंसिर ५ गते सम्म यो योजना लागु रहने म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















