Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल ओमानसँग १ विकेटले पराजित

20240919_064311-1726707506.jpg

३ असोज, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुल्सन झाले पनि अलराउन्डर प्रदर्शन गरे । झाले ब्याटिङ तर्फ ३५ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले।
गुल्सनले ओमानको पाँच विकेट समेत लिएका थिए।  नेपालका लागि आरिफ शेखले ३५ रन बनाउँदा आसिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११-११ रन बनाए। सोमपाल कामी २० रनमा रनआउट भएका थिए। ओमानका लागि अकिब इलियस, फयाज बट र कलिमुल्लाहले समान २-२ विकेट लिएका थिए। त्यस्तै सकिल अहमेद र सोइब खानलेपनि १-१ विकेट रह्यो।
२ सय २१ रनको लक्ष्य पछ्याएको ओमानले राम्रो सुरुवात गरेको थियो। उसले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्‍यो। ओपनर कश्यप प्रजापतीले ३६ रन बनाउँदा जतिन्द्र सिंहले ४१ रन बनाए। त्यस्तै कप्तान अकिब इलियसले २९ रन बनाउँदा प्तिक अथभले २६रन बनाए। टिमको जितमा भने सकिल अहमेदको १७ रन महत्वपूर्ण रह्यो। त्यस्तै कलिमुल्लाह ८ बलमा ६ रन बनाउँदै सकिल सँगै अविजित फर्किए।
नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए। अब नेपालले सिरिजको तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा ८ असोजमा ओमानविरुद्ध खेल्ने छ । ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टी-२० सिरिजको कार्यतालिका रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार