Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल ओमानसँग १ विकेटले पराजित

20240919_064311-1726707506.jpg

३ असोज, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुल्सन झाले पनि अलराउन्डर प्रदर्शन गरे । झाले ब्याटिङ तर्फ ३५ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले।
गुल्सनले ओमानको पाँच विकेट समेत लिएका थिए।  नेपालका लागि आरिफ शेखले ३५ रन बनाउँदा आसिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११-११ रन बनाए। सोमपाल कामी २० रनमा रनआउट भएका थिए। ओमानका लागि अकिब इलियस, फयाज बट र कलिमुल्लाहले समान २-२ विकेट लिएका थिए। त्यस्तै सकिल अहमेद र सोइब खानलेपनि १-१ विकेट रह्यो।
२ सय २१ रनको लक्ष्य पछ्याएको ओमानले राम्रो सुरुवात गरेको थियो। उसले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्‍यो। ओपनर कश्यप प्रजापतीले ३६ रन बनाउँदा जतिन्द्र सिंहले ४१ रन बनाए। त्यस्तै कप्तान अकिब इलियसले २९ रन बनाउँदा प्तिक अथभले २६रन बनाए। टिमको जितमा भने सकिल अहमेदको १७ रन महत्वपूर्ण रह्यो। त्यस्तै कलिमुल्लाह ८ बलमा ६ रन बनाउँदै सकिल सँगै अविजित फर्किए।
नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए। अब नेपालले सिरिजको तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा ८ असोजमा ओमानविरुद्ध खेल्ने छ । ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टी-२० सिरिजको कार्यतालिका रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार