Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा एसपी रिजालको टोलीले बरामद गर्यो १ करोडको अवैध कपडा

Screenshot_20240919_16241-1726742746.jpg

३ असोज, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडामा ठुलो परिणाममा भन्सार छली ल्याएको १ करोडभन्दा बढीको अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको छ। 

बुधबार राति मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजाल नेतृत्व टोलीले हेटौंडा १५ रातोमाटेबाट भन्सार छली ल्याएको १ करोड ३५ लाख मुल्यको अवैध लत्ताकपडा सहित २ जनालाई पक्राउ गरेको हो ।

बिहीबार हेटौंडा १५ रातोमाटे प्रहरी चौकीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसपी रिजालले बुधबार राति आफ्नो नेतृत्वमा रहेको प्रहरीले टोलीले सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जान लागेको बि आर ०५ जि डि १३४३ नम्बरको भारतिय ट्रकमा अवैध रुपमा ठुलो परिणाममा कपडा आइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा उक्त मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा ट्रकमा खानतलासी गर्दा ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी त्यसको भित्री भागमा लुकाए ७४ बोरा विभिन्न खाले लत्ताकपडाहरु ल्याएको पाईएको एसपी रिजालले बताएका छन्। 

अवैध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ट्रकका चालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षका जन्दार आलम र सहचालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण बन्जरिया चौलाहा कलोनी बस्ने १९ वर्षका मुना मियालाई नियन्त्रणमा लिएको बताएका छन् ।बरामद कपडा र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बाराको पथलैया पठाइएको जनाइएको छ ।

Screenshot_20240919_16241-1726742747.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार