Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सिमरा गोल्डकपको उद्घाटन धुर्मुस सुन्तलीबाट

Simara-Gold-Cup-1517923919.JPG

२३ माघ, बारा । माघ २५ बाट बाराको सिमरा रङ्गशालामा शुरु हुने रुस्लान नवौं सिमरा गोल्डकपको सबै तयारी पुरा भएको छ । 
प्रतियोगिता आयोजक नवजनजागृती यूवा क्लबले मंगलवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराएको हो । 
आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागि हुन नसक्ने बताएपछि आयोजक क्लबको निलो र सेतो गरि २ टिम प्रतियोगितामा सहभागि हुने मियाँले बताए । ‘आफ्ना अधिकाँश खेलाडी घाईते भएकाले प्रतियोगितामा भाग लिन नसक्ने पत्र मनाङले सोमबार मात्रै पठाएको छ’ मियाँले भने ।
प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि., ‘सेतो’ र एन.जे.जे.वाई.सि. ‘निलो’ गरि १० टिमको सहभागिता रहने छ । 
आगामी फागुन ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विजय डिष्टिलरी नवलपरासीको मूख्य प्रायोजनमा हुने प्रतियोगितामा आइ.एम.ई. जेनरल इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खेलाडी, दर्शक तथा आयोजक समेतको दुर्घटना विमाको व्यवस्था समेत गरिएको आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो । 
माघ २५ गते हुने भव्य समारोहका विच चर्चित कलाकार तथा समाजसेवी जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए । प्रतियोगिताको उदघाटन खेलमा हेटौंडाको विजय युथ क्लब र आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टिम विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । 
प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष मियाँ, महासचिब ठकुरी, उपाध्यक्ष शंकर थापा, इन्द्र दुलाल, सचिब श्याम सुवेदी, पूर्व अध्यक्ष राजकुमार भट्टराई, सदस्य राजदास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार