Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बालबोधले मनायो स्थापना दिवस

balbod-(1)-1517926529.jpg

२३ माघ, हेटौँडा । हेटौंडा–१७ मा रहेको बालबोध माविले विविध कार्यक्रम गरेर ६७ औं वार्षिक स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी मनाइएको स्थापना दिवसको मंगलबार समापन मनाइएको हो ।
स्थापना दिवसमा विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । समापन कार्यक्रममा खेलकुद, हाजिरी जवाफलगायतका प्रतियोगितामा सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न दाताले सहयोग गरेको छात्रवृति विद्यार्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा बेलायतमा रहेका केशव रुपाखेतीले ४ जना विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यार्थी आकृति सुवेदी, मनिषा महर्जन, स्वस्तिका अधिकारी र पविता मान्नधरलाई प्रति विद्यार्थी ८ हजार ४ सयका दरले प्रदान गरिएको थियो । छात्रवृत्ति केशवका दाजु बैकुण्ठ रुपाखेतीले प्रदान गरेका थिए ।
यसैगरी इन्टरनेट क्लबका अध्यक्ष तथा मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठले विद्यार्थीलाई गरेको सहयोग प्रदान गरिएको थियो ।  उनले विष्णुमाया श्रेष्ठ लाई ३ हजार ६ सय, शैलेस ढकाललाई ६ हजार, मिना तिमल्सिनालाई ३ हजार ६ सय र प्रतिमा सुवेदीलाई ३ हजार ६ सय सहयोग उपलब्ध गराएको प्राचार्य भीमसेन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा शिक्षक उमाकान्त आचार्यले उत्कृष्ट अंक ल्याउने पुन तिमल्सिना र विदान आचार्यलाई एक÷एक हजार प्रदान गरेका थिए । यस्तै शिक्षक रमेश रिजालबाट उत्कृष्ट विद्यार्थीलाई विद्या खड्का, विना श्रेष्ठ, तारा डंगोल र रविन्द्र पौडेललाई जनही एक÷एक हजार र सुपेन्द्र श्रेष्ठ, आरती सुवेदी, सन्दीप दाहाल र पुजन तिमल्सिनालाई पाँच÷पाँचसय नगद प्रदान गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप र कक्षागत रुपमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा आयोजित आमा अभिभावक म्युजिकल चियर्स, शिक्षक स्लो बाइक, म्ुजिकल चियर्स र विद्यार्थी बीच भएको एकल नृत्यमा प्रथम, द्धितीय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यार्थीलाई अनुशासन पुरस्कार पनि प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा कबड्डी, हाजिरीजवाफ, चकलेट दौड, भलिबल, मेमोरी टेस्टलगायतका प्रतियोगिता आयोजना गरेको प्राचार्य श्रेष्ठले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि हेटौंडा १७ का वडा अध्यक्ष भैरवबहादर राई रहेका थिए । कार्यक्रममा दामोदर सुवेदी, रामबहादुर नेपाली, गीता नेपाली, जानुका सुवेदी, रीता दाहाल, छविलाल सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार