५ असाेज, हेटाैडा । हेटाैडा १७ राजदेवीमा रहेकाे राजदेवी बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा रमेश कुमार पराजुली चयन भएका छन । सहकारी संस्थाकाे शनिवार भएकाे २०औ वार्षिक साधारणसभाकाे बन्दसत्रले पराजुलीकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा लक्ष्मी कुमारी कर्माचार्य , सचिवमा श्यामलाल श्रेष्ठ र काेषाध्यक्षमा कृष्णप्रसाद पराजुली चयन भएका छन। सदस्यहरुमा कल्पना चाैलागाई, शाेविता तिमल्सिना, सुमित्रा लामा, उषा लुईटेल र उर्मिला बजगाई नेपाल चयन भएका छन ।
हेटाैडा १७ का वडा अध्यक्ष उद्वव सत्यालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्याैपानेकाे सभाध्यक्षतामा साधारणसभा भएकाे थियाे ।
साधारणसभामा अध्यक्ष न्याैपानेले संस्थागत प्रतिवेदन उपाध्यक्ष राम प्रसाद भट्टले ऋण उपसमितिकाे प्रतिवेदन,सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, काेषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।सभामा ज्येष्ठ शेयर सदस्य राम बहादुर लामा, श्रीदेवी न्याैपाने, अपांग बाल सदस्य सक्षम सञ्जेल, बढी बाल बचत गर्ने शसांक श्रेष्ठ , संस्कृति धमला, बढी मासिक बचत गर्ने श्रीकृष्ण तिमल्सिना र असली काराेवारी निर्मला थापा मगरलाई पुरस्कृत गरिएको थियाे ।
६ सय ५२ जना शेयर सदस्य र ३ सय ३२ जना बाल बचतकर्ता रहेकाे सहकारीकाे शेयर पूजी ६५ लाख २० हजार निक्षेप बचत ४ कराेड २१ लाख १९ हजार ऋण लगानी ४ कराेड ५६ लाख ६१ हजार रहेकाे ब्यवस्थापक हेम बहादुर कुवरले बताए ।
साधारणसभामा राजदेवी दुग्ध सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिना , राजदेवी माविका अध्यक्ष डेकराज धमला, प्रअ दीपक देवकाेटा, पूर्व प्रअ सानुकाजी पाण्डे ,अशाेक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, सञ्चारकर्मी भीमसेन पाैडेल, रुपेश दुलाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







