५ असोज, हेटौंडा। हेटौंडा २ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको शनिबार ८ औँ वार्षिक साधारण सभा भएको छ।साधारणसभामा प्रष्टखबरका बरिष्ठ संवाददाता सहित बचतकर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ।
हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।साधारणसभामा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पूर्ण भद्र चौलागाईले आर्थिक प्रतिवेदन, लेखा संयोजक चन्द्रवती पनेरुले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव गोपीराम बञ्जाराले प्रगति प्रतिवेदन र ऋण उप समिति संयोजक दिक्पाल तिमल्सिनाले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीले आर्थिक २०८०/८१ मा ९ करोड ८० लाख ६६ हजार ७५२ रुपैयाँको कुल कारोबार गरेको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुरुप शेयरपुजीँ एक करोड ६० लाख ५४ हजार ६ सय, जगेडा कोष ९८ लाख ६ हजार ४८६ रुपैयाँ रहेको छ । सहकारीले सदस्यलाई पाँच करोड ३२ लाख १८ हजार ५८२ रुपैयाँ कर्जा लगानी गरिएको संस्थाका व्यवस्थापक विश्वराज अर्यालले बताए।सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले जेष्ठ सदस्यतर्फ गौरीप्रसाद उपाध्याय र लक्ष्मीदेवी शाक्य, असल ऋणीतर्फ सत्यमान श्रेष्ठ र श्रृजना श्रेष्ठलाई सम्मान गरेको छ भने नियमित बचततर्फ रमेशमोहन अधिकारी र एककुमारी भुजेललाई सम्मान गरिएको थियो । सभामा एसईईमा उत्कृष्ट अंक ल्याउने एलिजा बन्जारा, प्रतिष्ठा कार्की र सुदीन दाहाललाई पुरस्कृत गरिएको थियो।सहकारीले कर्मचारीतर्फ वरिष्ठ सहायक राममाया गुरुङ र बजारप्रतिनिधि सावित्री कुमारी नेपाल, पत्रकारतर्फ प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनील शिवाकोटीलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य हिमाल पौडेल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, युसेस साकोसका उपाध्यक्ष ह्याग्रीव आचार्य, टिपिकल साकोसका अध्यक्ष अजय अग्रवाल, राष्ट्रिय सहकारी बैंकका समीर श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रावति पनेरु, ओम आरोग्य सहकारीका विके महर्जन, अधिवक्ता अज्मीर केसी लगायतको आतिथ्यता रहेको थियो ।संस्थामा १ हजार २ सय सेयर सदस्य आवद्व रहेको कोषाध्यक्ष पूर्ण भद्र चौलागाईले जानकारी दिएका छन्।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







