Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

क्यानडासँग नेपाल ५ विकेटले पराजित

20240923_064014-1727052937.jpg

७ असोज, हेटौंडा । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार राति भएको खेलमा क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ ।
क्यानडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो । शुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए ।
यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए। उनी अर्धशतक बनाउन मात्र एक रनले चुकेका हुन्।
त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए। करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे। यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए।
बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए। त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको क्यानडाका लागि दुई ब्याट्सम्यानले शानदार अर्धशतक बनाए। नवनीत धालिवालले ११३ बलको सामना गर्दै ८७ रन बनाउँदा र परगट सिंहले ८३ बलको सामना गर्दै ६४ रन जोडे। क्यानडाले नेपालले दिएको लक्ष्य पाँच विकेटको क्षतिमा ४२ ओभरमै पूरा गरेको हो।
नेपालका सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सन झा, ललित राजवंशी र करण केसीले समान एक/एक विकेट लिए। क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा क्यानडासँगै १०३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार