Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मक्रान्चुलीमा रहेको श्रमिक साना किसान सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1727076737014-1727099114.jpg

तस्विर :भिमसेन पौडेल

७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी  संस्थाकाे १२ औँ वार्षिक  साधारणसभा साेमवार सम्पन्न भएकाे छ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष  मान कुमारी पाख्रिनकाे प्रमुख आतिथ्यता एवम सहकारी  संस्थाकी अध्यक्ष  निर्मला लम्सालकाे सभाध्यक्षतामा साधारणसभा  भएकाे थियाे । संस्थाले वार्षिकोत्सबकाे अवसर पारेर सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष  निर्मला लम्सालले संस्थागत प्रतिवेदन र लेखा संयाेजक राधिका सापकोटाले  लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए । 

साधारणसभामा असली ऋणि सानुमाया स्याङतान, मन्जु दाहाल, टपकुमारी हुमागाई, कान्छीमाया स्याङतान, निरुमाया लाे, बाल बचतकर्ता सलिना देवकाेटा, किशाेरी बचतकर्ता गंगा सापकाेटालाई पुरस्कृत गरिएको  थियाे ।त्यसैगरी  ज्येष्ठ  शेयर सदस्य विष्णुमाया हुमागाई, ठूलीमाया दाेङ, ठूलीमाया घलान, कुमारी लाे, लक्ष्मी भाेमजन र विष्णुायाा स्याङतानलाई समेत सम्मानित  गरिएको  थियाे ।

साधारणसभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष  भागवत  घिमिरे ४  का  वडा अध्यक्ष  अर्जुनप्रसाद  तिमल्सिना , ३ का वडा सदस्य विदुर हुमागाई, नेपाल कृषि  सहकारी  संघका लेखा संयाेजक महेश्वर  सुवेदी, राष्ट्रिय  सहकारी महासंघका सञ्चालक सदस्य बद्रि प्रसाद लम्साल,पशु विकास कार्यालय, मकवानपुरका  अधिकृत डाक्टर  मदन भण्डारी , मकवानपुरगढी गाउँपालिका सहकारी  शाखा प्रमुख सूर्य बहादुर गुरुङ , पशु शाखा प्रमुख सत्यनारायण  शाह,  जागरण  सहकारीका अध्यक्ष  शत्रुघन दुलाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष  कृष्ण  विडारी, हिमाल महिला बहुउद्देश्यीय  सहकारीकि अध्यक्ष  जानुका दाहाल, नेपाल रेडक्रस  मकवानपुरगढीका अध्यक्ष  कृष्णप्रसाद  पाेखरेल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्याैपाने लगायतकाे सहभागिता थियाे । २ सय ९७ वटा समूह १ हजार ५८४ जना शेयर सदस्य संस्थामा आवद्व छन्। १ कराेड ५६ लाख शेयर पूंजी, ९ कराेड ५५ लाख निक्षेप  र  ऋण  लगानी ९ कराेड १६ लाख रहेकाे ब्यवस्थापक गिता लम्सालले जनाएकी छिन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार