२४ माघ, हेटौँडा । राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आज हुँदै छ । निर्वाचन आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । आज हुने निर्वाचन विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
मतदानका लागि सबै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि गर्नुपर्ने सबै तयारी पूरा गरेको जानकारी आयोगलाई प्राप्त भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।
राष्ट्रिय सभाको निर्वाचनमा विगतका निर्वाचनमा जस्तो स्वस्तिक चिन्ह प्रयोग गर्नु नपर्ने व्यवस्था पनि मिलाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदानका लागि प्रदेशसभाका सदस्यले हरियो रङको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङको मतपत्रमा मत संकेत गर्नु पर्ने जानकारी दिए ।
कूल ५६ जना सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भईसकेकाले आज हुने निर्वाचनले ३२ जना सदस्य निर्वाचित गर्ने छ जस्का लागि ५२ जना उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ ।
प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठजना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ ।
प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वा्चित भइसकेकाले अन्य ६ प्रदेशमा मात्रै निर्वाचन हुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आज निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी आयोगले गरेको जानकारी दिइएको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















