२४ माघ, हेटौँडा । ३ नम्बर प्रदेशमा एकल बहुमत ल्याएको नेकपा एमालेका नेता डोरमणी पौडेलका सामु अहिले तीन विकल्प छन् ।
ज्येष्ठ प्रदेश सदस्य भएकाले प्रदेशसभाको अध्यक्षता गरिरहेका पौडेललाई सभामुख बन्ने विकल्प खुल्ला छ । तर पौडेल आफु सभामुख भन्दा प्रदेश प्रमुखको दावि प्रस्तुत गरिरहेका छन् । ‘म अहिलेको भुमिकामा भन्दा माथिल्लो भुमिकामा योग्य छु ।’–संचारकर्मीहरुसंग प्रतिक्रियामा उनले भने–‘मेरो कार्यशैली र स्वभाव यहाँहरुलाई थाहा छ, त्यसैले म माथिल्लो भुमिका रहन चाहन्छु ।’ सभामुखमा पशुपति चौलागाई र रामेश्वर फुयालको नाम पनि चर्चामा छ ।
मूख्यमन्त्रीको दावि गरिरहेका नेताहरु राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यको विकल्प पौडेल हुन सक्ने चर्चा एमाले वृत्तमा छ । दुई कार्यकाल मेयर भएको अभ्याससंगै स्थानीय तह पुर्नसंरचनामा महत्वपूर्ण भुमिका रहेका पौडेललाई मूख्यमन्त्रीको रुपमा हेर्न चाहनेहरु एमालेभित्रै छन् । तर गुटको राजनीतिमा पाण्डे पौडेल भन्दा बलियो देखिन्छन् । पौडेल र पाण्डे ओली गुटका हुन् ।
पौडेललाई तेस्रो विकल्प पनि खुल्ला छ, मन्त्री बन्ने । यसअघि नै आफुलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी राम्रोसंग चलाउन सक्ने दावि गरिरहेका पौडेललाई यो मन्त्रालय अनुभावका हिसावले पनि उपयुक्त हुने एमाले नेताहरुको भनाई छ । एमाले बृत्तमा पौडेललाई सभामुखभन्दा मूख्यमन्त्री वा मन्त्री बनाउनुपर्ने माग जोडदार उठेको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















