Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिमफेदीमा पहिरो, कान्तिलोकपथमा पनि फेरी पहिरो खस्यो

IMG-20240926-WA0000-1727435861.jpg

घट्टेपाखामा खसेको पहिरो

११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध भएका छन्। शुक्रबार बिहान गएको पहिरो हटाएर खुलेको कुलेखानी-फाखेल, सिस्नेरि दक्षिणकाली सडकखण्डमा शुक्रबार दिउँसो भिमफेदी–भैसे सडक खण्डमा फेरी पहिरो गएको छ । 
भैसे भिमफेदी सडकखण्डको भिमफेदी ४ रातमाटामा पहिरो जादा भिमफेदी हुदै काठमाडौँ जाने मार्ग पुर्ण रुपमा अवरुद्ध बनेको हो।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए अनुसार 
बिहीबार र शुक्रबारको  बर्षाका कारण पहिरो खस्दा बन्द रहेको सिस्नेरि र फाखेल सडकखण्ड सुचारू भएपनि भिमफेदी ४ अन्तर्गत पर्ने सडक माथिबाट अचानक लेदोमाटो खसिरहेकोले फेरी सडकखण्ड अवरुद्ध बनेको हो। पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।

यता कान्तिलोकपथको विभिन्न ठाउँमा पहिरो खसेको छ। लोकपथको बकैया ११ घट्टेपाखामा खसेको पहिरो हटाइ एकतर्फी खुलाइएको लोकपथ अन्तर्गत बकैया-११ आँपचौर र लाम्राङमा पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ। कान्तिलोकपथको ललितपुर तर्फको क्षेत्रमा भने सवारी आवागमन भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार