File photo
११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार र शुक्रबार देखि जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण कुलेखानी ड्याम १ घण्टामा ३० सेन्टिमिटरका दरले पानी भरिएको हो। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले प्रष्ट खबरलाई जनाएका अनुसार यहि रफ्तारमा ड्याममा पानी थपिए ९ देखि १० घण्टामा पानी भरिने बताएका छन्। कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर मात्रै पानी भण्डारन गर्न सकिन्छ ।
नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै जलाधार क्षेत्रमा बढी वर्षा भएकाले जलाशयमा पानीको सतह बढ्दा ड्याममा पानी छछल्किने, चखेल, सिममा ड्यामको मुख्य ढोका खोल्न पर्ने हुनसक्ने भएकोले जलाशय तटिय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । जलाशयमा शुक्रबार ५ बजेर ३० मिनेटका समयमा पानीको सतह १ हजार ५२६.९१ मिटरमा पुगेको भट्टले बताएका छन् ।
" ड्याम क्षमता अनुसार भरिन अझै ३ मिटर बाकी छ, अहिले आत्तिनु पर्ने होइन तर पानी पर्ने क्रम नरोकिए संभावित घटनालाई मध्यनजर गरेर तटीय क्षेत्रमा हामीले सतर्क रहन भनेका हौ। "-भट्टले भने।
आयोजनाबाट १०६ मेगावाट क्षमताका ३ वटा आयोजना सञ्चालनमा छन् । आयोजनाले तल्लो क्षेत्रमा सावधानी अपनाउन भनेको छ ।
यस्तो छ आयोजनाको परिपत्र
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















