Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा कुन मन्त्रालय कहाँ स्थापना भयो ?

CM-Office-1518017226.jpg

सुनिल शिवाकोटी 
२४ माघ, हेटौँडा । 
हेटौँडामा सातवटै मन्त्रालयको कार्यालय स्थापना भएको छ । बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय स्थापना गरिएसंगै सात वटै मन्त्रालयको कार्यालय स्थापना भएको मुख्यमन्त्रीको कार्यालयका सचिब रमेशप्रसाद शिवाकोटीले प्रस्ट खबरलाई  जानकारी दिए । माघ १९ र २१ गते ५ वटा मन्त्रालयहरु स्थापना गरिएको थियो ।
जिल्ला समन्वय समितिको भवनमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना भएको छ । डिभिजन सहकारी कार्यालय रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय,  क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा सामाजिक बिकास मन्त्रालय स्थापना गरिएको छ ।
श्रम कार्यालयको नयाँ भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय गरी दुईवटा मन्त्रालय राखिएको छ । सचिब  शिवाकोटीले  सम्बिन्धत मन्त्रालयहरुको स्थापनासंगै कार्य समेत संचालन गर्ने तयारी शुरु गरिएको बताए । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवसहित ४१, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २४, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९, सामाजिक बिकास मन्त्रालयमा ३०, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८  र भौतिक पूर्वाधार बिकास मन्त्रालयमा २४ जना कर्मचारी खटिने उनले बताए ।

Kanun-Mantralaya-Hetauda-1518017227.jpg
Samajik-Bikas-mantralaya-1518017227.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार