Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

कला/संस्कृति

बडादशैं शुरु, आज घटस्थापना

Ghatasthapana-1727927291.jpg

१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरु हुनेछ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।
घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।
घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत् रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरिने चलन छ ।
यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चन्डमुन्डलगायतका असुरको बध गरेकी दुर्गे भवानीको पूजा विर्सजन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन रही आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कामधेनु सहकारीले मनायो २७ औ वार्षिकोत्सब
FB_IMG_1745387406559-1745398723.jpg

१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २७ औ...

जिप्रका मकवानपुर भित्र निर्माण भएको महिला व्यारेकको उद्घाटन्
FB_IMG_1745394692859-1745397098.jpg

१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको...

गौरीटारमा फुटबल रंगशालाको उद्घाटन
Screenshot_20250423_13511-1745396094.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा ६  गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच...

हेटौंडाका तीन वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन्
Screenshot_20250423_13300-1745394509.jpg

१० बैशाख, हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । सोमबार बिहान हेटौंडाका...

जम्मु कश्मीर घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
President-1745387606.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा...

सुनको मूल्य ७५०० रुपैंयाले घट्यो
Gold-1745386678.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो...

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित
FB_IMG_1737677334297-1745379718.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1745372069.jpg

१० बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभावले कोशी...

हेटौंडामा सुमोको स्पेयर टायरमा लागुऔषध बरामद, एकजना पक्राउ
IMG-20250422-WA0004-1745339711.jpg

९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...

थप समाचार