१९ असोज, हेटौंडा । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीको खराब प्रदर्शनको श्रृंखला जारी राखेको छ।
आइसीसी लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन बन्न पुग्यो। त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल राम्रो प्रदर्शन गर्न सकेन।
अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसीय सिरिज खेलिरहेको छ। क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्यो।
उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन। हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १४३ रनमा समेटिन पुग्यो।
अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो। हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए।
जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे। नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए।
हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए । नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















