२१ असोज, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक 'प्रवासका फूलहरु' को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले पुस्तकको बिमोचन गरेका हुन् ।
पुस्तक बिमोचन गर्दै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नीतिनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरुको दस्तावेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उनको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास उनले ब्यक्त गरे । राजदुत राजभण्डारीले प्रवास बसाइका अनुभब, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाई रहेका छन् भन्ने बिषय लिपिबद्ध गरि पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यबादसहित शुभकामना ब्यक्त गरे ।
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिच पनि नेपाली पहिचानलाई निरन्तरता दिने बताउँदै यसको प्रचारप्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद ब्यक्त गरे । उनले सबैका आ-आफ्नै भोगाई हुन्छन्, ति कुराहरुलाई आफ्नो पुस्ता सामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताए ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गरे । आफ्नो जन्मभूमि छोडेर फरक भुगोल, संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उनले बताए ।
प्रवासका फूलहरु बारे बोल्दै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताए । करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भुमिमा बिमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार ब्यक्त गरे । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अबस्था, राजनीति ,परिवारिक अबस्था, बैदेशिक संघर्ष लगायतका वास्तविक कथा समाबेश गरिएको उनको भनाई छ ।
कार्यक्रममा अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै युरोपभित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने उनले बताए । कार्यक्रममा अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए । २८८ पृष्ठको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी बिमोचनका लागि अनेसासलाई अबसर दिनुभएकोमा धन्यवाद दिए । युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समावेश गरिएको प्रवासका फूलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने उनको भनाई छ ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, नेपाली जनसम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशी लगायतले कृतिको सफलताको शुभकामना ब्यक्त गरे ।
पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृब आचार्यको भाषा सम्पादन, कवि/लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसनका राम अबिकास र बितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेका छन् ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



