२२ असोज, हेटौंडा । बडा दसैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाइँदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा नित्य पूजा गरिदैछ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा पनि आज नित्य पूजा गरिदैछ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।
धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ ।
यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।
४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय...
४ चैत, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा...
४ चैत, मंगलसेन। अछाममा चट्याङ पर्दा २ जना युवती घाइते भएका छन् भने ५ वटा चौपाय(बाख्रा) मरेका छन्। आइतबार साँझ...
४ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुदा चार जना घाइते भएका छन्...
३ चैत, हेटौंडा । हेटौंडामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा...
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२३ फागुन, काठमाडौं। जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा जुम्लाको...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...