२४ असोज, हेटौंडा । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ५ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक १० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल टेनिस संघकी सचिव मालिका राणा र गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव श्रेष्ठलगायत उपस्थित थिए ।
गणेशमान सिंह फाउण्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भास्करमान सिंहले प्रतियोगिता आयोजनामा काम गर्ने टेनिस संघलगायत विभिन्न प्रतिनिधिलाई जिम्मेवारी प्रदान गरेका थिए । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । सिनियरतर्फ पुरुष र महिला दुवैको सिंगल्स तथा डबल्स हुनेछन् ।
महिला र पुरूष सिंगल्स विजेता दुवैले एक लाख, उपविजेता ५० लाख र तेस्रो हुने खेलाडीले २५ हजार रूपैयाँ तथा दुवैको डबल्समा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछ ।
पुरूष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरूष ४५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ५५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ६५ वर्षमाथि सिगंल्स र डबल्समा प्रतिस्पर्धा हुनेछन् । ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रूपैयाँ पाउनेछन् ।
३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय पाउनेछन् । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार २५० रूपैया तथा यसै विधामा डबल्स विजेताले २५ हजार, १२ हजार ५०० र तेस्रो हुनेले १२ हजार ५०० रूपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



