२५ माघ, सिमरा । बाराको सिमरा रङ्गशालामा विहिबारबाट शुरु भएको रुस्लान नवौं सिमरा गोल्डकपमा आयोजक क्लबको एनजेजेवाईसी ‘सेतो’ ले विजयी शुरुवात गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै एनजेजेवाइसीले अन्तिम ८ मा आफूलाई सुरक्षित बनायो ।
आयोजकको जितमा विशन गुरुङ्ग, त्रिदेव गुरुङ्ग, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले समान एकएक गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम मिनटमा विशन गुरुङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
८० मिनटमा छोट्याईएको खेलको दोश्रो हाफको शूरुवातमै हेटौंडाका लागि ४४ औं मिनटमा अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोल रक्षक विशाल श्रेष्ठलाई दिएको पास अमिरले गोलमा परिणत गरे । शौरभको फितलो प्रहारको फाईदा उठाउँदै अमिरले बराबरी गोल गरका हुन् ।
आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरज श्रेष्ठले टिमका लागि दोश्रो गोल गरे । ५२ औं मिनटमा श्रेष्ठले गरेको गोल पछि हेटौंडा दवावमा देखियो । थुप्रै अवसर गुमाएको हेटौंडालाई निराश बनाउँदै खेलको समाप्तीतिर सिमराले लगातार दुई गोल थप्यो । खेलको ८० औं मिनटमा अफ्रिकी खेलाडी भिक्टरले सिमरालाई ३–१ को फराकीलो अग्रता दिलाए । अन्तिम समयमा अग्रता बढेपछि थप दवावमा परेको हेटौंडामाथी आक्रामक रुपमा प्रस्तुत भएको सिमराले अतिरिक्त समयमा अर्को गोल ग¥यो । सिमराका त्रिदेव गुरुङ्गले अतिरिक्त समयको पहिलो मिनटमा चौथो गोल गर्दै टिमलाई ४–१ को फराकिलो अग्रता दिलाउन सफल भए ।
खेलको म्यान अफ दि म्याच सिमराका त्रिदेव गुरुङ्ग बने । गूरुङ्गले पाँचहजार नगद सहित ट्रफि हात पारे । शुक्रबारको खेल आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाईसि ‘निलो’ र नेपाल एपिएफ क्लबको विचमा हुनेछ । मनाङमस्र्याङदी क्लबले अन्तिम समयमा आएर खेलमा सहभागि नहुने निर्णय गरेपछि आयोजकका दुईवटा टिम प्रतियोगितामा सहभागि भएका हुन् ।
यसअघि सिमरा रङ्गशालामा आयोजित भव्य समारोहका विच चर्चित हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई सिमराका विभिन्न नीजि विद्यालयबाट आएका विद्यार्थीहरुले बाजागाजा सहित स्वागत गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष कासिम मियाँको अध्यक्षता तथा प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेको सहजीकरणमा सम्पन्न कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सभा सदस्यहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, सिता गुरुङ्ग, शोभा लामा लगायत बारा पर्साका विभिन्न संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


