२६ माघ, हेटौँडा । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ ।
आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्र्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिलो खेलमा हारेको ओमान पनि नेपाललाई हराउँदै जित निकाल्ने दाउमा हुनेछ ।
नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा जित निकालेको हो ।
नेपालको जितमा अलराउन्ड प्रदर्शन गरेका वसन्त रेग्मी नायक सावित भए । बलिङमा २ विकेट लिएका उनले गुमिसकेको खेललाई जित दिलाए । अन्तिम १२ बलमा १६ रन चाहिएका वेला वसन्तले छक्का र चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेका कप्तान पारस खड्काको निर्णय सही सावित गर्दै नेपाली बलरले घरेलु मैदानमै नामिबियालाई १३८ रनमा अलआउट गरेका थिए । तर, ब्याटिङ चल्न नसक्दा नेपालले कठिनाई पूर्वक जित निकाल्नु परेको हो ।
हिजोको खेलमा नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालले १५ ओभरभित्रै महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।
१५ ओभरभित्र ओपनर ज्ञानेन्द्र मल्ल र दीलिप नाथ तथा मध्यक्रमका ब्याट्सम्यान कप्तान पारस खड्का, आरिफ शेख र प्रदीप ऐरी आउट भए । शरद भेषावकर र डेब्यु गरेका रोहितकुमार पौडेलले सम्हाल्ने प्रयास गरे पनि विकेटमा जमिसकेको अवस्थामा भेषावकर आउट भएपछि नेपाल फेरि असहज अवस्थामा पुग्यो ।
त्यसअघि नै नेपालले करण केसीलाई गुमाइसकेको थियो भने भेषावकरपछि रोहित र पनि आउट भएपछि नेपाली इनिङ धर्मरायो ।
पारसले ३५ बल खेल्दै २ चौकाको मद्दतमा १९ रन बनाए भने ज्ञानेन्द्रले ४५ बलमा १५ रन बनाए । दीलिप र आरिफ शून्यमा तथा प्रदीप ५ रनमा आउट भए ।
थोरै रनको लक्ष्य पछ्याउँदा पनि नेपाली ब्याट्सम्यान दबाबमा देखिए । तर, वसन्तले सम्हालिएर खेल्दै टिमलाई जितसम्म पुर्याए ।
त्यसअघि नामिबियाको एफिज पार्कमा भएको खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो ।
पहिलो ओभरबाटै नामिबियालाई दबाबमा राखेको नेपालले ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनाउन सफल भयो ।
नेपालका सन्दिप लामिछाने एक्लैले चार विकेट लिए भने सोमपाल कामीले ३ विकेट, वसन्त रेग्मी, पारस खड्का र शरद भेषवाकरले १÷१ विकेट आफ्नो नाममा लेखाए । नामिबियाका लागि क्रेज विलियम्सले सर्वाधिक ४१ रन बनाएका थिए ।
यसअघि हिजो भएका अन्य खेलमा क्यानडा र युएइ विजयी भएका थिए ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


