झाडी सफा गर्दै मेयर, प्रजिअ सहितको टोली
२ कार्तिक, हेटौंडा। त्रिभुवन राजपथसंगै जोडिएको सडक र हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि) आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ।
बिहीबार हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का तथा सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख एसपी ज्ञान प्रसाद भुर्तेल, नेपाली सेनाका पधाधिकारीहरु, १० नम्बर वडाध्यक्ष फुर्वा लामा, सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेललगायत स्थानीय जनप्रतिनिधि, फ्रेन्डस् हेटौडाका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्रभलादमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नगर प्रहरीहरु समेत गरी दुईसय जनाको टोलीले सरसफाइ गरेको हो। स्थानीय तथा आवातजावत गर्ने यात्रु समेतलाई अशोभनीय हुने गरी यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्य उच्छृङ्खल व्यक्तिहरुले अनैतिक क्रियाकलाप गरी प्रदुषण एवं दुर्गन्ध समेत फैलाएको भन्ने प्राप्त जनगुनासोको आधारमा त्यस क्षेत्रमा अवलोकन गरी सरसफाई कार्यक्रम अगाडि बढाइएको मकवानपुरका प्रजिअ चिलुवालले बताएका छन् ।सम्बन्धित निकायसंग भएको छलफलबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले त्यस स्थानमा चलाइरहेको यौन व्यवसायलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म गस्ती गर्ने निर्णय गरिएको छ भने हेटौंडा उपमहानगरपालिकाले फरेस्टिले पर्खाल लगाउने र लाइट राखिने जनाइएको छ। त्यस स्थानम पार्किङ गरिने ट्रकहरुमा समेत त्यसता क्रियाकलाप हुने गरेको सूचना प्राप्त भएको कारण नो पार्किङ जोनसमेत बनाइएको छ। मकवानपुर जिल्ला भित्रका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पहिचान गरि रोजगारीको व्यवस्थाका लागि पहल गर्ने र सुन्दर हेटौंडा, सफा हेटौंडा र सुरक्षित हेटौंडा बनाउने अभियानमा लागि बृहत सरसफाई तथा जनचेतना कार्यक्रम संचालन गरिनुको साथै उक्त कार्यक्रमलाई अभियानलाई निरन्तरता दिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















